[caption id="attachment_345" align="alignright" width="300"]
नामः गरिमा पन्त उमेरः २७ वर्ष पेशाः कलाकारिता उचाईः ५ फिट ५ इन्च शारीरिक तौलः४९ के.जी.[/caption]
राम्रो अनुहार, सुडोल शरीर, अभिनय कलाले मात्र अब्बल कलाकार बन्न सकिदैन । शरीर र दिमाग दुवैलाई उत्तिकै फिट राख्नुपर्छ सफल अभिनयका लागि । उहिले उहिले जस्तो दुई चार ओटा डाइलग पेल्दैमा कलाकार बनेर टिक्न गाह्रो छ । यो सबै यथार्थबीच नायिक गरिमा पन्त आफूलाई सबैतिरबाट अपडेट र फिटनेश राख्न सफल हनुभएको छ ।
नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका गरिमा पन्तको चर्चा हिजोआज थप बढेको छ । विशेषगरी सार्क फिल्म फेस्टीबलमा नेपालको प्रतिनिधित्व गदै चलचित्र झोलाबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पार्न सफल भएपछि उहाँका चर्चा बढेको हो । सतिप्रथामा आधारित चलचित्र झोलाले सार्क राष्ट्रहरुबीचनै उत्कृष्ट चलचित्रकी महिला पात्रमा सम्मानित भएसँगै गरिमा पन्तलाई नेपाल सरकार लगायत बिभिन्न संस्थाहरुले सम्मान गरेका छन । बिगत नौ बर्षदेखि नेपाली कलाकारितामा रमाइरहेकी कलाकार गरिमा पन्त आफ्नो शारीरिक सुन्तरता कायम राख्नमा कतिको सचेत हुनुहुन्छत ? पढौं, उहाँकै शव्दमा
अभिनय उन्नाइस
मेरो पुख्र्यौली घर तनहुँ हो । हाल काठमाडौको सामाखुसीमा बन्दै आएकी छु । नेपाली कलाकारितामा लागेको ९ भयो । कलाकारिताबाहेक अन्य केही पेशा छैन । कलाकारितासँगसँगै ग्रामिण विकास बिषयमा स्नातोकोत्तर गरिरहेकी छु । हालसम्म १९ वटा चलचित्रमा अभिनय गरिसकेकी छु । हाल बी.पी. कोइरालाको तिनघुम्ती भन्ने उपन्यासमा आधारित सिनेमाको तयारीमा छु ।
सचेत स्वास्थ्य
म आफनो स्वास्थ्यको निकै ख्याल गर्छु । स्वास्थ्यप्रति सतर्कता अपनाउने गरेकी छु । स्वास्थ्य नै मेरो धन हो । बाहिरी सुन्दरता मात्र भएर हुँदैन भित्री सुन्दरता अति आवश्यक हुन्छ । यो स्वास्थ्यले नै दिन्छ । यसका लागि आफू स्वस्थ रहनुपर्छ । कलाकारिताको क्षेत्रमा त यो झनै आवश्यक छ । शरीर स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण खानपान नै हो । म सन्तुलित खानपानमा विशेष ध्यान राख्छु ।
योगा र खानपान
आप्नो स्वास्थ्यका लागि मैले विगत ९ वर्षदेखि योगा गरिरहेकी छु र यसले मलाइ फिट रहन सहयोग गरेको छ । डाइटिग गरेर बस्नु भनेको एकदमै ठुलो मानसिक रोग हो भन्ने मलाइ लाग्दछ । म डायटिङ गर्दिन । एकदमै दुब्लो र बढि डाइट गरेर स्वस्थ्य हुन सकिदैन । समयमा खाना खानुपर्दछ । नपच्नेगरी धेरै खानहुँदैन । म शरीरलाई आवश्यक पौष्टिक तत्व मिल्ने खालका खानेकुरा खान्छु । सन्तुलित खानाले शरीर स्वस्थ राख्छ । त्यसैले म खाएरै शरीरलाई फिट राख्ने प्रयास गर्दछु । आफनो शरीर स्वस्थ्य भएमात्र अन्य कुराहरु चाहिन्छ । स्वास्थ्य नै नभएमा जीवनको अर्थ पनि रहँदैन । त्यसैले जति व्यस्त भएपनि म आफनो शरीरलाई स्वस्थ्य राख्न समय निकाल्छु । म क्लबमा जान्न तर घरमा नै योगा र फिटनेशमा संलग्न हुन्छु ।
जीवनशैली
मेरो दैनिकी बिहान ६ः३० बजेबाट शुरु हुन्छ । उठ्ने बित्तिकै १ लिटरजति कागति र मह मिसाएको पानी पिउँछु । त्यसपछि म फ्रेस हुन्छु । त्यसपछि योगा र एक्सरसाइजमा जान्छु । हरेक दिन एउटा स्याउ खाने गर्छु । मौसमी फलहरु पनि नियमित नै खाने गरिन्छ । म बिहान हेवी ब्रेकफास्ट गर्दिन किनभने हामी १० बजेसम्म खाना खाइसक्छौं । दाइको छोराछोरीहरु स्कुल जाने भएकाले प्रायः बिहान हेवी नास्ता नगरी खाना नै खाने गर्दछौ । समयमै खाना खानुपर्छ भन्ने हुन्छ । मलाई सादा दाल, भात तरकारी नै मन पर्दछ । घरमा जे बनेको हुन्छ त्यही खाने गर्दछु । त्यस पछाडी प्राय फिल्मको सुटिङ र फोटो सुट लगायत कार्यक्रममा व्यस्त रहन्छु । बेलुकी ११ बजे मात्र सुत्ने गर्दछु ।
व्यायामको प्रकार
सुन्दर रहन खाना र एक्सरसाइजले मात्र हुँदैन । हाम्रो विचार पनि स्वस्थ्य रहन जरुरी छ । म हरेक क्रियाकलापमा सकारात्मक सोच राख्ने गर्छु । तर कडा किसिमका व्यायाम गर्दिन । योगाले मलाई आजसम्म फिट रहन सहयोग पु¥याइरहेको छ । विहान डेढ घण्टा योगा टे«डमिल, जगिङका लागि समय छुटयाएकी छु । म एक्सरसाइज घर भित्रै गर्दछु । बाहिर जाँदिन ।
उपलब्धी
स्वस्थ खानपान र जीवनशैलीले आज मेरो फिगर र फिटनेशमा निखार आएको छ । मलाई आफू फिट भएको कन्फिडेन्ट छ । मेरो करियरमा यसले निकै सहयोग पु¥याएको छ । मेरो तौल हाल ४९ केजी छ, उचाइ ५ फिट ५ इञ्च छ । उमेर २७ बर्ष भएको छ । मेरो उचाइ अनुसार तौल एकदमै ठिक छ । एक्सरसाइज गरेर आफ्नो शारीरिक तौललाइ नियन्त्रणराख्न सफल भइरहेकी छु ।
खाना तालिका
विहानको खानाः साधारण दालभात तरकारी
दिउँसोको खानाः रोटीे अम्लेट नुडल्स तरकारी
बेलुकीको खानाः सुख्खा रोटी, ढिडो, मकैको भात, उसिनेको मकै (विभिन्न समय र मौसम अनुसार) ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
करियर
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२ट्रेन्डिङ