जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा थप ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ६० जना गरी थप ७ हजार ४ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै वितेको २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा गरी कुल ३ हजार ६६६ जना थपिएका छन ।
देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । आज २ हजार २१ जना कोरोनासंक्रमणमुक्त भएका छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

