
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको हाहाकार भइरहेकै बेला तीन हजार भाइल औषधि आज काठमाडौँ आइपुग्दै छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले आजै तीन हजार भाइल रेम्डिसिभिर आइपुग्ने जानकारी दिनुभयो । उहाँले आजै सो औषधि वितरण गरिने समेत जानकारी दिनुभयो । उहाँले रेम्डिसिभिरको अभाव आजबाट न्युनिकरण हुँदै जाने स्पष्ट पार्नुभयो ।
सो औषधि ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो । सो औषधि बिरामीले ४ हजार ९ सयमा प्राप्त गर्ने छन् ।
भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनिको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने केसीले जानकारी दिनुभयो ।
दुइचार दिनमा रेम्डिसिभिर औषधि पर्याप्त उपलब्ध हुने उहाँको भनाई छ ।
औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुपति प्रदान गरेको छ । सो औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभयो ।
भारतबाट निर्यात प्रतिबन्ध भएका कारण रेम्डिसिभिर औषधि आपुर्तिमा असहज भएको थियो । अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र ब्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपुर्तिका लागि विभागले स्वीकृति प्रदान गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

