जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ ।
संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ ।
विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भएकाले बाग्मती किनारमा नै शव जलाउन थालिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


