
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कनेलाई कानूनी कारबाही गरिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कानूनी कारबाही र जरिवाना गर्ने निर्णय गरेको हो ।
विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने भएको छ ।
घरबाहिर निस्कनेलाई यसअघि होल्डमा राख्ने गरिएपनि अब भने जरिवाना र कार्वाही गर्ने निर्णय समेत गरेको सीडीओ पराजुलीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


