
जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरानाबाट ज्यान गुमाउनेको संख्या ३४१७ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ७७९, ललितपुरमा ५१३ र भक्तपुरमा ६०१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै वितेको २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


