
जनस्वास्थ्य सरोकार, काठमाडौँ । संसद अधिवेशनलाई मध्यनजर गर्दैै सचिवालयले आज सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दै छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार बिहान १० देखि बेलुका ५ बजेसम्म र बिहीबार पनि सोही समयमा पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
बुधबार सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण भने बिहीबार हुनेछ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

