
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नारायणगढ रोटरी क्लबद्धारा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले मङ्गलबार ट्राफिक प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नेपालमा पुनः महामारीको रूपमा फैलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिकरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर स्यानिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको क्लबले जनाएको छ ।
सहयोग सामग्रीमध्ये क्लबका पूर्वअध्यक्ष मनोज प्रधानले आफ्नो व्यावसायिक प्रतिष्ठान टाइम फर्मास्युटिकल्सबाट उत्पादित पाँच लिटर स्यानिटाइजर सौजन्य गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवं उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाको उपस्थिति थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

