जनस्वास्थ्य सरोकार, बुटवल। बुटवलमा एकैरातमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा गएराति ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ।
१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षीया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६ः२५ मा मृत्यु भएको छ।
त्यसैगरी, बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्सन डा। सुदर्शन थापाले बताउनुभयो।
यस मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

