
जनस्वास्थ्य सरोकार । भारतमा कोरोना संक्रमणको दोस्रो लहरले यतिबेला भयावह अवस्था सिर्जना गरेको छ । बुधबार एकैदिनमा ४ लाख १२ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९८० जना संक्रमितले ज्यान गुमाएका छन् । उत्तर प्रदेश, कर्नाटक, हरियाणा, पञ्जाब, तमिलनाडू र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २।४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढिरहेका छन् ।
भारतमा पहिलो लहरमा संक्रमितको दैनिक संख्या एक लाख पार गरेको थिएन । अहिले दैनिक चार लाख संक्रमित थपिएका छन् । जसका कारण भारतमा अहिले पूरै स्वास्थ्य क्षेत्रमा भयावह अवस्था देखिएको छ । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

