
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अस्पतालमा अक्सिजनको चरम अभाव भएकाले थप विरामी भर्ना लिन नसक्ने अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालमा हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना लिन नसक्ने जनाएको हो ।
अस्पतालका सम्पुर्ण सेवा बन्द गरी ३ सय शय्या क्षमताको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालन भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं। ’
महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउन सक्ने जानकारी समेत गराइसकेको अस्पतालले स्पष्ट पारेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ ।
शिक्षण अस्पतालमा हाल एक सय ३३ जना उपचारमा रहेका छन्। सन् २०२१ को सुरुवातदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ सय ३ जना कोरोनाका बिरामी भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भएका छन्। ४४ जनाको मृत्यु भएको छ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

