जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। आज कोरोना संक्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ।
त्यस्तै २ हजार ७०७ जना निको भएका छन्।अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निको भएका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


