जनस्वास्थ्य सरोकार, काठमाडौं । ह्याम्स हस्पिटलले चर्को शुल्क लिएको भन्ने विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति खण्डन गरेको छ । अस्पतालले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमा चर्को सेवाशुल्क बारेको समाचार नकारात्मक तथा भ्रामक भएको भन्दै खेद प्रकट गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले भन्नुभएको छ– ‘यस अस्पतालले बैज्ञानिक तवरले निर्धारण गरे अनुसारको शैया शुल्क विगत एक वर्षदेखि लिइरहेको छ । जनरल बेडको हकमा सरकारले तोकेबमोजिम नै रु.७,०००/-प्रति दिनमा विरामीलाई सेवा प्रदान गरिरहेको छ । ’
आर्थिक हैसियतको दृष्टकोणले विरामीको उपचार फरक ढंगले नगर्ने, विरामीले अतिरिक्त सुविधाका लागि क्याबिनमा बस्दा केहि अतिरिक्त शुल्क तिर्नुपर्ने, सुरक्षित वातावरणमा सेवा दिनुपर्ने हुनाले कोभिड–१९ को प्रकोप पश्चात् अस्पतालहरुमा थप चुनौति थपिएको र खर्चमा व्यापक बृद्धि भएको अस्पतालले जनाएको छ ।
गुणस्तरीय तथा इन्फेक्सन रहीत सेवा प्रदान गर्नु परेको छ भने खर्चमा उल्लेख्य बृद्धि भएकाले अस्पतालले क्याविनमा बसेर कोभिड १९ उपचार गराउने विरामीबाट शुल्क थोरै बृद्धि गरेर लिनुपरेको बाध्यता समेत खुलाएको छ ।
ह्याम्स अस्पतालमा बिरामीले सेवा लिने क्रममा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निःशुल्क उपचार लिन विरामी सँग आग्रह गरिने तर तोकेको शुल्क तिरेर अस्पतालमै उपचार गर्ने बिरामीले मन्जुरी दिएको अवस्थामा मात्र स्वास्थ्य मन्त्रालय तथा यस अस्पतालले तय गरेको गाईड लाईनका आधारमा उपचार गरिने डा. शर्माले स्पष्ट पार्नुभएको छ ।
पारदर्शी ढंगबाट अस्पतालका विभिन्न शैयाको शुल्कबारे विस्तृत रुपमा जानकारी गराइएको उहाँले जानकारी गराउनुभयो ।
‘हाल भर्ना भएका सवै विरामी आइसोलेसनका लागि नभएर अक्सिजन सहितको उपचारको लागि भर्ना भएका हुनाले शुल्क दर नेपाल सरकारले तोके बमोजिम नै रहेको छ । क्याविनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप बैज्ञानिक हिसावले तोकेका छौं ।’– डा. शर्माले भन्नुभयो–‘जनरल बेड होस् वा क्याबिन जुनसुकै बेडमा बसेर उपचार गरे पनि हामीले बिरामीलाई दिने सेवा एउटै हुन्छ ।’
कोभिड १९ उपचारमा स्वास्थ्यकर्मीहरु संक्रमित हुने जोखिम उत्तिकै बढी भएकाले उनीहरुको मनोबल उच्च राख्दै महामारी सँग लड्नु आज सवैको दायित्व भएको हस्पिटलले जानकारी गराएको छ ।
वर्तमान महामारीमा सरकार सँग हातेमालो गर्दै सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै अस्पतालका कार्यकारी निर्देशक डा. शर्माले कोभिड–१९ ले सिर्जना गरेको यस भयावह परिस्थितिमा समेत यस अस्पताल तथा स्वस्थ्यकर्मीले रत्तिभर बिचलित नभई गुणस्तरीय सेवा प्रवाह गरिरहेको अवस्थामा भ्रामक समाचारको पछि नलागी नियमित सेवा उपलब्ध हुने विरामी तथा विरामीका आफन्तहरुलाई जानकारी गराएको छ ।
उच्च प्रबिधि तथा दक्ष जनशक्ति भएको ह्याम्स अस्पताल नेपालमा प्राईभेट स्तरबाट कोभिड–१९ का विरामीको उपचार सेवा शुरु गर्ने पहिलो अस्पताल हो ।
हाल सम्म यस अस्पतालले मात्र ५ प्रतिशत मृत्युदरमा १६०० भन्दा बढी कोभिड–१९ का विरामीको सफल उपचार गरिसकेको जनाएको छ । नेपाल सरकारले सम्पूर्ण अस्पतालले कम्तीमा ५० प्रतिशत बेड संख्या कोभिडको उपचारका लागि छुट्याउनु पर्ने आव्हान गरे भन्दा बढीे ८० प्रतिशत बेड कोभिडका विरामीको उपचारार्थ अस्पतालले छुट्याको छ ।


नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


