
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिममा अक्सिजनको चरम अभाव देखिएको छ । अक्सिजनको अभावमा सुदूरपश्चिमका अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमित र अन्य बिरामीको ज्यान जोखिममा परेको छ।
हिजो राति हावाहुरीपछि बन्द भएको धनगढीस्थित एकमात्रै मालिका अक्सिजन उद्योग बिहान संचालनमा आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन। नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ।
सुदूरपश्चिमबाट अक्सिजन लिन गएका गाडीह हिजोदेखि नै नेपालगञ्जमा थन्किएका छन् । सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव भएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताउनुभयो ।
तत्काल अक्सिजन आपूर्ति हुन नसके स्थिति भयावह हुन सक्ने मेसु पाण्डेयको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


