
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइसर संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । पछिल्लो चौविस घण्टामा देशभर ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ९८७ पीसीआर परीक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ५० जना कोरोना संक्रमितको निधन भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा २ हजार ९०५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या २ लाख ९५ हजार ३ ९५ पुगेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

