जनस्वास्थ्य सरोकार, काभ्रे । कोरोना संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन इलाका प्रहरी कार्यालय बनेपाले आफ्नो क्षेत्रमा सञ्चालित कवाड पसल, मोटर ग्यारेज लगायतका स्थानमा रहेका अक्सिजन सिलिण्डर संकलन गर्न सुरु गरेको छ ।
उत्पादित अक्सिजन सिलिण्डर अभावमा भर्न नसकिएपछि विभिन्न उपभोक्ताकोमा होल्ड भएका अक्सिजन सिलिण्डर संकलन थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो । पहिलो दिन एक सय सिलिण्डर संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
संकलित सिलिण्डरमा अक्सिजन भरेर तयारी अवस्थामा राख्ने प्रशासनको तयारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


