जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अत्यावश्यक मानिएको अक्सिजन राजधानीकै अस्पतालहरुमा अभाव हुन थालेको छ ।
अक्सिजनको अभाव भएपछि काठमाडौँको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ।
अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।
सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकोले बिरामीको उपचारका लागि तत्पर र तिव्र इच्छा हुँदाहुँदै पनि थप बिरामीको उपचार गर्न असमर्थ रहेको अस्पतालले बताएको छ।
चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले हिजो संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाइसकेका छन ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

