
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
कोभिड १९ का कारण उत्पन्न बिशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिमको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का, उपाध्यक्षमा डा. अनामिका झा , महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरुमा डा. कल्पना राई , डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन हुनुभएको छ। त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहनु भएको छ।
निवर्तमान अध्यक्ष प्रा.डा.कार्कीले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रमुख निर्वाचन अधिकृत प्रा. डा. स्वयं प्रकाश पण्डित , निर्वाचन अधिकृत द्वय डा. सुजित कुमार झा र डा. सस्मिता तुलाधर सहितको निर्वाचन समितिले सफलता पुर्वक सम्पन्न गरेको निर्वाचनमा ९९.२५ सहभागिता रहेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

