
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।
उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


