
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको परीक्षा बोर्डको बैठकले एसइई र कक्षा १२ को परिक्षा अर्को सूचना नआएसम्म स्थगित गरेको हो ।
अहिले कोरोना संक्रमणका कारण परीक्षा हुने अवस्था नरहेकाले अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
बोर्डले यस अघि नै जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका प्रकाशित गरिसकेको थियो ।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइदेखि अन्य तयारि समेत पुरा भएको थियो ।
हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन् ।
गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

