
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको छ । वीर अस्पताल अन्तर्गतको ट्रमा सेण्टरलाई कोभिड विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले जनाएको छ ।
सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार ट्रमा सेन्टरका ६० वटा बेड कोभिड बिरामीका लागि प्रयोगमा ल्याईएका छन् । १२ वटा आइसीयू बेड मंगलबारबाट सञ्चालनमा आउनेछन् ।
हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


