
जनस्वास्थ्य सरोकार, बिर्तामोड । कोभिड–१९ का तीन जटिल सङ्क्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याइएको छ ।
भेन्टिलेटर सहित सघन उपाचार कक्ष(आइसियू) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रपलाञ्चोकका एक सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज सो अस्पतालमा लगिएको हो ।
ग्राण्डि अन्तराष्ट्रिय अस्पलतालका उपचाररत् सोलखुम्बुका ५० वर्षीय सार्कि शेर्पा , मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी उपचारार्थ आएका अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० श्यया सञ्चालनमा ल्याएको थियो । अस्पतालमा हालसम्म अक्सिजनको अभाव नरहेको विज्ञप्तिमा उल्लेख छ ।
मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।
अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको छ ।
विज्ञप्तिमा महामारीको वर्तमान विषम अवस्थामा अस्पतालले सङ्क्रमितलाई उपलब्ध आफ्नो श्रोत साधनले भ्याएसम्म उपचार सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

