
जनस्वास्थ्य सरोकार, जाजरकोट । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो ।
नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।
गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताउनुभयो ।
ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

