जनस्वास्थ्य सरोकार, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला हुनुहुन्छ ।
अक्सिजनको अभाव झेलिरहेको यो अस्पतालमा संक्रमितहरुको चाप झन बढिरहेको छ । सूचना अधिकारी डा।गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिला,प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष,रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष,बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल १७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष,रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको उहाँले जानकारी गराउनुभयो ।
संक्रमणसँगै धेरै जसोमा स्वास प्रश्वासमा समस्या र निमोनिया रहेको अस्पतालले जनाएको छ । योसँगै संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २८५ पुगेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

