जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनीको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराईरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

