जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा कुनै अनियमितता नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा नेताहरुले खोप खरिदमा अनियमितता भएको बताएपछि त्रिपाठीले मंगलबार भएको पत्रकार सम्मेलनमा झुटा कुरा नबोल्न आग्रह गर्नुभयो । ‘हिजो संसदमा पनि कतिपय नेताहरुले बोल्नुभयो । बोल्न त बोल्नु तर बुझेर बोल्नु । डेटा छैन, समय छैन भने हामी दिन्छौं,’ उहाँको भनाइ छ, ‘अनर्गल र झुटा आत्मरतिका लागि नबोल्नु ।’
मन्त्री त्रिपाठीले खोप खरिदका लागि एक पैसा पनि कसैलाई कमिसन नदिएको बताउनुभयो । उहाँले सरकारले २० लाख डोज प्रतिडोज ४ डलरमा खरिद गरेको बताउँदै त्यसभन्दा कम कसैलै ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्ने जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले भारत, चीनसहित बेलायत र रुससँग पनि खोप खरिदबारे छलफल भइरहेको जानकारी दिनुभयो ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


