
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधन भएको छ । कोरोना संक्रमित उहाँको मंगलबार साँझ निधन भएको हो । संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना भएका उहाँको उपचारका क्रममा निधन भएको हो ।
चौलागाईको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले बुधबार बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
उहाँको पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि हुँदैछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


