जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाउदै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न नसकिने भनि सूचनाहरु जारी गरिएकोप्रति ध्यानाकर्षण जनाएको छ ।
बुधबार काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पताललगायतका अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने सूचनामा बताएका थिए ।
यसै बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले ध्यानाकर्षण भएको जनाएको हो । प्रशासन कार्यालयले अक्सिजनको अभावलाई पूर्ती गर्नको लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आम नागरिकमाअसर पर्ने र यस्तो संवेदनशलि अवस्थामा सबै पक्ष जिम्मेवार भई कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नुपर्ने बताएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


