जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरू उपलब्ध गराउन नेपाल सरकारलाई थप २७ लाख ५० हजार अमेरिकी डलर (करीब रू ३२ करोड) बराबरको सहयोग घोषणा गरेको छ।
नेपालमा कोभिड–१९ को महामारी थप चर्किँदै गएपछि कमान्डले बिहीबार थप सहयोग घोषणा गरेको हो। सन् २०२० को अप्रिलयता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि ५८ लाख डलर (करीब रू६७ करोड) बराबरको सहयोग गरेको जनाएको छ।
यो सहयोग रकम अन्तर्गत पीपीई, आइसोलेसन सेन्टरका सामग्री, अक्सिजन, विभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान रहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
