जनस्वास्थ्य सरोकार । पछिल्लो समय भारतबाट तिब्र रुपमा फैलिएको कोरोनो भाइरसको नयाँ भेरिएन्टका कारण बेलायतमा पनि संक्रमित बढ्न थालेका छन् ।
कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि लकडाउन खुकुलो पार्ने भनिएको बेलायत सरकारको योजना प्रभावित हुने बताइएको छ । आगामी सोमबारदेखि बेलायत सरकारले लकडाउन खुकुलो पार्ने तयारी गरिरहेकोमा इन्डियन भेरिएन्ट फैलन थालेपछि उक्त योजना प्रभावित हुने विज्ञहरुले बताएका छन ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले समेत बुधबार संसदमा बी.१६१७.२ नामको डबल म्युटेन्ट भेरिएन्टका कारण चिन्ता बढिरहेको बताएका थिए ।
इन्डियन भेरिएन्ट फैलन थालेपछि आपतकालीन वैज्ञानिक परामर्श समूहको बैठक बिहीबार बस्दैछ । बेलायती मिडियाका अनुसार नयाँ भेरिएन्ट रोकथामका लागि सरकारले अर्को तयारी गर्नेसक्ने बुझिएको छ ।
नयाँ भेरिएन्टका कारण दुई हप्ताअघि मात्रै २०२ जना संक्रमित भएका थिए । उक्त संख्या एक सातामै ५२० पुगेको थियो । बेलायती भेरिएन्टको असर कम हुँदै गर्दा इन्डियन भेरिएन्टका कारण थप चिन्ता बढेको अधिकारीहरुको प्रतिक्रिया छ ।
बेलायत सरकारले मे १७ अर्थात् आगामी सोमबारदेखि अधिकांश क्षेत्रमा हिँडडुल गर्न पाइने साथै प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलिन थालेपछि लकडाउन कडा पार्न सकिने विज्ञहरुले बताएका छन् । इन्डियन भेरिएन्टको असर बेलायत वाहेक दक्षिण अफ्रिकामा समेत फैलिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
