जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिनुभएको परराष्ट मन्त्रालयले जनाएको छ ।
महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उहाँले निर्देशन दिनुभयो ।
सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश गर्नुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
