
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.आइएल आचार्यको निधन भएको छ ।
ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचारका क्रममा बिहान करिब ३ बजेतिर कोरोना संक्रमणपश्चात् उत्पन्न जटिलता (मुटु बन्द) का कारण उहाँको निधन भएको हो ।
कोरोना संक्रमणका कारण डा. आचार्य वैशाख १८ गतेदेखि हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । वैशाख २९ गते कोभिड नेगेटिभ आएपछि उहाँलाई अस्पतालको सामान्य आईसियूमा सारिएको थियो ।
डा. आचार्यको स्वास्थ्यमा सुधार भइरहेकोमा हिजो एक्कासी अवस्था नाजुक भएपछि भेन्टिलेटरमा हाइफ्लो अक्सिजनमा राखिएको र अथक प्रयास गर्दागर्दै पनि बिहान ३ बजेतिर निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले जानकारी दिनुभयो ।
८३ बर्षीय डा. आचार्य २०३५ सालदेखि निरन्तर रुपमा पेट तथा कलेजो रोगको उपचारमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले पेट तथा कलेजो रोग उपचारमा पुर्याएको योगदान अतुलनीय छ । डा. आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
