पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, रामेछाप । नेपाली कांग्रेस चिसापानी—काठमाडौं सम्पर्क समितिले ‘विपद् व्यवस्थापन विभाग’ मार्फत करिब ५० हजार मूल्य बराबरका स्वास्थ्य सुरक्षा उपकरण तथा औषधिहरु चिसापानी हेल्थपोष्ट र चिसापानी आयुर्वेद औषधालयलाई निःशुल्क उपलब्ध गराएको छ ।

अहिलेको कोरोना महामारीको दोस्रो लहरअन्तर्गत चिसापानीका केही व्यक्तिहरुमा कोभिड—१९ संक्रमण देखिएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.८ चिसापानीमा ८३० घरधुरी र ५ हजार ४० जना जनसंख्याको बसोबास रहेको छ ।
उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रीहरुमा पिपिई सेट ८, थर्मल गन २, अक्सिमिटर ३, ग्लोब्स २००, डिस्पोजेवल मास्क ५००, सेनिटाइजर ५ लिटर, डिसइन्फेक्ट क्लिनर (सोडियम हाइड्रोक्लोराइड) ५ लिटर, निवुलाइजर मेसिन १ सेट, फेस सिल्ड कभर १२ सेट, पारासिटामोल ट्याब्लेट ५०० एमजीको १५०० पिस, एजिथ्रोमाइसिन ट्याब्लेट २५० पिस, साइनेक्स ट्याब्लेट ५०० पिस, भिटामिन बी कम्लेक्स क्याप्सुल ६०० पिस, कोलेकलोफेरल क्याप्सुल युएपी ८० पिस रहेको छ ।

नेपाली कांग्रेस चिसापानी इकाइ समितिका अध्यक्ष ओम पुरी तथा अनिल कर्माचार्यको रोहवरमा ती स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।
चिसापानीबाट काठमाडौं आएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले स्वःस्फूर्त गरेको सहयोग रकममध्येबाट स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराइएको छ । हाल कोषमा ३९ जनाबाट ५०० देखि ५ हजार रुपियाँका दरले १ लाख १९ हजार ५०० रुपियाँ सहयोग रकम संकलन भइसकेको छ । सो क्रम जारी छ ।
स्वास्थ्य सुरक्षाका उपकरण तथा औषधिहरुले अहिलेको सुरुवाती अभावलाई केही मद्धत पुग्ने र चिसापानीका आम जनसमुदायको सुरक्षाका लागि उपयोगमा आउने अपेक्षा गरेको समितिका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘सबैजना सुरक्षित रहनुस् र विपद्मा परेकाहरुलाई सहयोग गरौं, सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक नमन ।’
विपद् व्यवस्थापन विभागका संयोजक भुवन श्रेष्ठले आगामी दिनहरुमा कुनै किसिमको सहयोग आवश्यक परेमा समिति सदैव तत्पर रहेको जानकारी गराउनुभयो ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
