जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट १९ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ३१६ जनामा र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यका भित्र भक्तपुरमा २९२, ललिपुरमा ४३६ र काठमाडौँमा १ हजार ८८१ गरी २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ । देशभर ७०१ जना क्वारेन्टीनमा छन ।
पछिल्लो चौविस घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको छ ।
त्यसैगरी सोहि अवधिमा ६ हजार ६४८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


