
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितलाई लक्षित गरि कोभिड-१९ ओपिडी सेवा सुरु गरेको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र उपचार व्यवस्था मिलाउन उक्त ओपिडी सेवा सुरु गरिएको हो ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौं उपत्यकाका १३ ठुला सरकारी र निजी अस्पतालहरुमा कोभिड-१९ ओपिडी र आकस्मिक सेवा सुरु भएको जानकारी दिएको छ ।
हाल कोभिड १९ ओपिडी सेवा वीर अस्पताल र ट्रमा सेन्टर, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ मेडिकल कलेज सिनामंगल, किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त ओपिडीमा कोभिड-१९ पोजेटिभ भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य अवस्था बुझ्न सक्ने बताउनुभयो ।
स्वास्थ्य जाँच गर्दा संक्रमितको स्वास्थ्यवस्था सामान्य भए घरमा पठाउने र अक्सिजन चाहिए ओपीडीमै दिने व्यवस्था मिलाउने उहाँको भनाई छ । संक्रमितमा गम्भीर अवस्था देखिएमा अस्पताल भर्ना गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
