
जनस्वास्थ्य सरोकार । भारतले बनाएको कोभिड १९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि सार्वजनिक गरिएको छ । उक्त औषधि भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले विकास गरेको हो । भारतीय केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्धनले आज संयुक्त रुपमा सो औषधि सार्वजनिक गर्नुभयो ।
‘२ डिओक्सि–डी–ग्लुकोज’ को दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताइएको छ ।
सो औषधि चक्की वा झोलमा विकास नभई धुलोको रुपमा निर्माण गरिएको छ । चिकित्सकका अनुसार २ डिओक्सि–डी–ग्लुकोज धुलोलाई पानीमा घोलेर खानुपर्ने हुन्छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दोस्रो लहरबाट आक्रान्त बनेको भारतमा २ डिओक्सि–डी–ग्लुकोजले कोरोनाविरुद्ध लड्न सहयोग गर्ने विश्वास गरिएको छ । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
