
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।
गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो ।
रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ ।
'गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ'-भ्यानका डिजाइनर अभिषेक कार्कीले भन्नभयो ।
उहाँका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो ।
रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ ।
'भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ'-, कार्कीले भन्नुभयो । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
