जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) ले चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

काठमाडौं विश्वविद्यालयको ८९ औं बैठकले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले गत वैशाख २२ देखि २६ गतेसम्म गरेको निरीक्षण गरेबमोजिम कलेजलाई सम्बन्ध दिन सकिने निष्कर्ष निकालेको हो ।
निरीक्षण प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) बमोजिम विश्वविद्यालयले सम्बन्धनका लागि सहमति दिने र सीट संख्या सहित स्वीकृतिका लागि आवश्यक निर्णय गर्न आयोगलाई भनिएको छ । केयु कार्यकारी परिषद्को मिति २०७८ वैशाख ३१ गते सम्पन्न ६२५ औं बैठकले सो निर्णय गरेको हो

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


