
जनस्वास्थ्य सरोकार, राजविराज । कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको निधन भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उहाँको आज निधन भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिनुभयो ।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भयो ।
गर्भवतीसमेत रहनुभएकी उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि उहाँको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उहाँलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
