
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका ठाउँहरुमा काठमाडौँ महानगर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् ।
धेरै संक्रमित भएका असन, डिल्लीबजार, न्यूरोड, वालुवाटार, कोटेश्वर तथा भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर लगायतका स्थानमा महानगरपालीकाको सहकार्यमा एन्टीजेन परीक्षण गरिने महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले जानकारी दिनुभयो । यसको सुरुवात कालिमाटी फलफूल तथा तरकारी बजारबाट गरिएको छ ।
‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न आग्रह गरिएको महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारी बताउनुभयो ।
एन्टीजेन परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने उहाँको भनाई छ ।
पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरिनेछ । जसकालागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
