
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको निधन भएको छ ।
लहान नगरपालिका वडा नं. ६ का हाडजोर्नी विशेषज्ञ डा. मुकेश चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि डा. चौधरी ९ दिन देखि होम आइसोलेसनमा बसिरहनुभएको थियो ।
एक्कासी स्वास्थ्य अवस्था बिग्रएपछि थप उपचारका लागि नोबेलमा लागिएको केहि बेरमै उहाँको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो ।
३५ वर्षिय डा. चौधरीले लहानमा डायग्नोटिक सेन्टर सञ्चालन गर्दै आउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


