जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ ।
नगरपालिकाले एक सुचना प्रकाशित गर्दै वैशाख ४ देखि १५ गतेसम्म पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ जेठ ६ देखि १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाउने जनाएको छ।
नगरपालिकाले १० वटै वडामा खोप केन्द्र तोकेको छ। तालिका अनुसार आ–आफ्नो वडामा गएर खोपको दोस्रो डोज लगाउन नगरपालिकाले आग्रह गरेको छ।
साथै खोप लगाउन आउदा पहिलो डोज लगाउँदा दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर आउन पनि नगरपालिकाले अपील गरेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


