जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिनुभयो ।
मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको छ । अस्पतालमा पुगेका अक्सिजन सिलिण्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
