जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । काठमाडौंको धुम्वराही चोकस्थित ह्याम्स हस्पिटलले आजदेखि सिन्धुपाल्चोकका ३ हजार जनाको स्वाव संकलन गरेर निःशुल्क पिसिआर रिपोर्ट उपलब्ध गराउने अभियान शुरु गरेको छ ।
जिल्लास्थित कोभिड—१९ व्यवस्थापन समितिसँग सहकार्य गरेर सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बलेफी, जुगल गाउँपालिकाको कात्तिके र बराम्ची एवं सुनकोसी गाउपालिकाको यमुनाडाँडामा गएर स्वाब सकलन शुरु गरिएको छ । आज ४ जनाको टोलीले करिब ५ सय जनाको स्वाव संकलन गर्नेछन् ।
सामाजिक उतरदायित्व अन्तर्गत ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा ३ हजार जनाको स्वाब सकलन गरेर निःशुल्क रिपोर्ट दिने र जिल्लास्थित कोभिड १९ व्यवस्थापन समितिलार्य तीन हजार थान एनटिजेन कीट निशुल्क प्रदान गर्ने अस्पतालका अध्यक्ष एवं युवा व्यवसायी आर.एस. भण्डारीले बताउनुभयो ।
अस्पतालले करिब ९० लाख रुपियाँ मूल्य बराबरको सेवा उपलब्ध गराउन लागेको अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) रामप्रसाद आचार्यले जानकारी गराउनुभयो ।

नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


