
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, रामेछाप । नेकपा एमाले मन्थली वडानम्बर ८ चिसापानी कमिटीले गाउँमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितहरुलाई पानी तताउने विद्युतीय जग र च्यवनप्रास वितरण गरेको छ ।

गाउँमा कोभिड—१९ संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै कोभिड पोजेटिभ आएका व्यक्तिहरुलाई तत्काल आवश्यक पर्ने पानी तताउने जग, आधा किलोग्रामको च्यवनप्रास र विभिन्न किसिमका मसलाहरुको प्याकेट तयार गरी मन्थली नगरपालिका वडा नम्बर ८ को रोहवरमा संक्रमितहरुलाई सामाग्रीहरु वितवरण गरिएको हो ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ८ चिसापानीमा ८३० घरधुरी र ५ हजार ४० जना जनसंख्याको बसोबास रहेको छ । हाल गाउँमा ४० जना कोरोना संक्रमित भएको जानकारी प्राप्त भएको छ ।

नेकपा एमालेका सचिवालय सदस्य लब श्रेष्ठ, जिल्ला कमिटी सदस्य गोपाल श्रेष्ठको रोहवरमा चिसापानीमा आयोजित एक कार्यक्रमबीच चिसापानीका वडाअध्यक्ष राजकुमार श्रेष्ठलाई ति सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
सो अवसरमा सचिवालय सदस्य लव श्रेष्ठले संक्रमितहरुले उच्च मनोवल राखेर कोराना परास्त गर्न आग्रह गर्दै नेकपा एमालेको साथ र सहयोग निरन्तर रहने जानकारी गराउनुभयो ।
यसअघि वडा सदस्य कुमार ढुंगेलले आफ्नो निजी सवारी साधन बोलेरो चिसापानीबासीलाई निःशुल्क प्रयोग गर्न उपलब्ध गराउँदै आउनुभएको छ भने कोरोना संक्रमितहरुको प्रारम्भिक उपचारका लागि चिसापानी जनकल्याण समाजले आवश्यक औषधि उपलब्ध गराएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
