
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ भेरिएन्टको कोरोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ । जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् :
दिमागमा असर
नयाँ भेरियन्टको को(रोनाले दिमागमा पनि असर गर्ने गरेको छ जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन् । कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको कोरोना हुनसक्ने विज्ञहरुको दाबी छ ।
स्वाँसप्रश्वासमा समस्या
अघिल्लो वर्ष देखिएको कोरोना भाइरसले पनि मानिसको स्वाँसप्रस्वासमा समस्या देखिएको थियो तर नयाँ भेरियन्टको कोरोनामा स्वाँसप्रश्वासमा समस्या देखिनुका साथै छाति दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।
अक्सिजन लेभलमा समस्या
नयाँ भेरियन्टको कोरोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ । को( रोना संक्रमित भएपछि संक्रमितको एयरब्यागमा फ्लुड भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन् ।
ओठमा समस्या
नयाँ भेरियन्टको कोरोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन् । मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ। यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ।
छातीमा समस्या
छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो कोरोना संक्रमणका कारण हुनसक्छ किनकि नयाँ भेरियन्टको को( रोना भाइरसले छातिमा असर गर्ने गरेको विज्ञहरु बताउँछन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
