
जनस्वास्थ्य सरोकार । भारतमा म्यूकोर्माइकोसिस अर्थात् 'कालो ढुसी' को सङ्क्रमण भएका ८,८०० जनाभन्दा बढी बिरामी फेला परेका छन्।
प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ। कोभिड भएर निको हुके क्रममा रहेका मानिसहरू यसबाट पीडित भएको पाइएको छ।
यो रोगमा मृत्युदर ५० प्रतिशत भएको बताइन्छ। सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको छ।
कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण म्यूकोर्माइकोसिस देखा परेको हुनसक्ने चिकित्सकहरूले बताएका छन्। मधुमेह भएका बिरामीमा यो ढुसीबाट सङ्क्रमण हुने ठूलो जोखिम छ।
कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बताएका छन्।
अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन्।
अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ।
इन्दोर सहरस्थित एउटा अस्पतालमा गत साता कालो ढुसी भएका आठ बिरामी थिए। तर शनिवार साँझसम्म त्यो सङ्ख्या बढेर १८५ पुगेको छ।
उक्त अस्पतालमा कार्यरत डा. भीपी पाण्डेका अनुसार तीमध्ये ८० प्रतिशतभन्दा बढीलाई तत्कालत शल्यक्रिया गर्नुपर्ने देखिएको छ।
"कालो ढुसीको सङ्क्रमण अहिले कोभिड-१९ भन्दा बढी चुनौतीपूर्ण बनेको छ। बिरामीले समयमा राम्ररी उपचार नपाउने हो भने मृत्यदर ९४ प्रतिशतसम्म पुग्न सक्छ," उनले भने।
उनका अनुसार यसको उपचार पनि महँगो छ तथा औषधिको अभाव छ।
के हो म्यूकोर्माइकोसिस?
यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ।
यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ।
मधुमेह वा प्रतिरोध क्षमता क्षीण बएका क्यान्सरका बिरामी वट एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ।
चिकित्सकहरूका अनुसार एम्फोटेरिसिन बी अथवा एम्फो-बी भनिने एन्टी-फङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता दिनुपर्छ। बीबीसी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
