
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ५९८ र एन्टिजेन विधिबाट ३१६ गरि जम्मा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ३६६ ललितपुरमा ६९४ र काठमाडौँमा १ हजार ७६१ गरी जम्मा २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ । त्यसैगरी सोहि अवधिमा ७६६४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ८७३ जना क्वारेन्टीनमा छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


