जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ मा संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ मा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ६५ लाख ३० हजार १ सय ३२ पुगेका छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ७ सय ४१ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार २ सय ६६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टाका ३ लाख ५५ हजार १ सय २ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ३४ लाख २५ हजार ४ सय ६७ पुगेको छ ।
हाल भारतमा २८ लाख ५ हजार ३ सय ९९ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ ।
त्यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
