
जनस्वास्थ्य सरोकार, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ ।
हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेशन केन्द्रको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो-'सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण गछौँ ।'
इच्छाकामनामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८८ पुगेको छ । तीमध्ये दुई सङ्क्रमितको मृत्यु भएको छ । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ छ ।
उनीहरुमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेशनमा छ जना उपचाररत छन् भने अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले नागरिकको घरघरमा गएर स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
